|

दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले 'समृद्ध प्रदेश र खुशी जनता' को लक्ष्यलाई दीर्घकालीन रुप दिन सरकारले मात्र प्रयास गरेर पूरा गर्न नसिकने बताए।

शनिबार दाङको बेलझुण्डीमा प्रदेश ५ सरकारको आयोजनामा गरेको एक्स्पोको उदघाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन्। उनले सरकार निष्ठा, इमानका साथ मुलुकको विकास र समृद्धिको यात्रातर्फ अगाडि बढेको र अगाडि बढ्ने बताए।

गएको वर्ष नेपालको कुल ग्राहस्थ उत्पादनको बृद्धि दरका हिसाबले उच्च आर्थिक बृद्धिदर हासिल गर्ने राष्ट्रका रुपमा दुनियाको सामू परिचित भएको भन्दै उनले नेपालका ७ वटा प्रदेश मध्ये प्रदेश ५ पनि सबै भन्दा बढी उच्च आर्थिक बृद्धिदर गर्ने प्रदेश भएको समेत दाबी गरे। त्यसैगरी उनले संविधान कार्यान्वयनको लागि प्रदेशमा सत्तापक्ष र विपक्ष नभई एक भई काम गर्दै आएको समेत बताए। साथै प्रदेश ५ का सबै स्थानीय तहले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको समेत बताए। त्यसैगरी मुख्यमन्त्री पोख्रेलले  प्रदेश एक्स्पोले प्रदेश ५ को समृद्धिमा टेवा पुर्‍याउने समेत बताए।  

प्रदेश ५ का १२ वटा जिल्ला मध्ये ६ वटा जिल्ला तराईमा, ५ वटा पहाडमा र एउटा हिमाली क्षेत्रमा पर्छन्,' उनले  भने ,'यी सबै जिल्लाको विकासका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’ त्यसै गरी उनले  प्रदेश ५ को हालको अवस्था, आगामी दिनहरूमा गर्नुपर्ने काम, प्रदेशको कला संस्कृति संरक्षणमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताए। उनले प्रदेश  ५ मा ४८ वटा कानुन निर्माण भइसकेको समेत बताए। उनले प्रदेश सरकारले कानुनी राज्यलाई स्थापित गर्ने काम समेत गरेको बताए। तर हिजोदेखिको वर्षातका कारण एक्स्पोलाई प्रभावित बनाएको छ।

मौसम प्रतिकुलका कारण मञ्च व्यवस्थापन,स्टल र दर्शक र सेवाग्राहीलाई सकस भएको छ। शनिबरदेखि १२ गतेसम्म सञ्चालन हुने एक्स्पोमा १२ जिल्लाका पहिचान र विशेषता झल्कने कक्ष समावेश गरिएका छन्। १०९ स्थानीय तहले आफूले गरेका नमूना काम समेत प्रस्तुत गरिने छन्।

एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करिब ५०० कक्ष सहभागी भएका छन्। ‘समृद्ध प्रदेश खुशी जनताको अभियान सफल पारौं’ भन्ने नाराका साथ प्रदेश सरकारले सम्पदान गरेका कार्य, प्रदेशभित्रका नविनतम प्रविधि र कार्यको जानकारी दिने, योग ध्यान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा खाद्य सामग्रीलगायतको प्रदर्शन गरिएका मूल आयोजक समिति प्रदेश सरकारले जानकारी दिएको छ।

सेवा प्रवाहसम्बन्धी जानकारी मूलक प्रस्तुति, विभिन्न ठाउँका कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय प्रविधि र उत्पादनको प्रदर्शनी, नव प्रवर्द्धन प्रविधिमा आधारित कक्ष एक्स्पोमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.