|

डडेल्धुरा : कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ मा बस्दै आएका विजय साउद र धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय सुनिल कुँवर रहेका छन्। 

धनगढी–४ बसपार्कमा रहेको अछाम होटलबाट तीन ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका साउद अछाम होटलका सञ्चालक हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीकाअनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.