काठमाडौं : नेपाली कांग्रेसको छाया मन्त्रिपरिष्दको बैठक बसेको छ। छाया सरकार गठन भएको नौ महिनापछि मन्त्रिपरिषदको बैठक बसेको हो।
छायाँ सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देवाले बैठक डाकेका हुन्।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संयोजक डा.डिला संग्रौलाले जानकारी दिइन्।
बैठकमा नौ महिनाको अवधिमा छाया सरकारको तर्फबाट भएका कामकारवाहीको बारेमा सम्बन्धित मन्त्रालयको जिम्मा पाएको संयोजकले ब्रिफिङ गर्ने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।