|

काठमाडौं :  छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको सरकारले आगामी जेठ १३ देखि १५ गतेसम्म अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी आयोजना गर्ने महिला वालवालिका मन्त्री पार्वत गुरुङले जानकारी दिए।

मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आइतबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत आगामी जेठमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी’ को आयोजना गर्ने बताएका हुन्।

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय गोष्ठीमा महिनावारीसम्बन्धी भए गरेका कामलाई परिवर्तन गर्ने उद्देश्यले विभिन्न २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताको सहभागिता रहने जानकारी दिए।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजना गर्न लागिएको उक्त गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने तय गरिएको छ। महिनावारी सम्बन्धी यो गोष्ठी विश्वकै पहिलो हुने मन्त्रालयको दाबी छ।

गोष्ठीमा महिनावारीका विभिन्न पक्ष भान्सादेखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजजनन् स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाइ र छाउपडीसम्बन्धी ऐन/कानून र नीतिका बारेमा छलफल गरिनेछ ।

सोही अवसरमा मन्त्री गुरुङले लैंगिक समानताका लागि महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा जोड दिए। सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजनाअनुसार नै मन्त्रालयले छाउपडी अन्त्यको अभियानलाई तीव्रता दिएको मन्त्री गुरुङको भनाइ छ।

मन्त्री गुरुङले यही फागुन १६ गते आफू मन्त्री भएको एक सय दिन पुगेको अवसरमा मन्त्रालयको भावी रणनीति तथा कार्ययोजनासमेत सार्वजनिक गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.