|

काठमाडौं : लामोसाँघु जिरि सडकखण्डको काम अधुरो बनाएर छाडेको भन्दै आन्दोलन गर्ने पाँचजना पक्राउ परेका छन्। सडक अलपत्र पारेर छाडेको भन्दै स्थानीयले आन्दोदन गरेर सिन्धुपाल्चोक आयोजना कार्यलयमा तालाबन्दी गर्न खोजेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चिरञ्जीवी मास्के, रमेश खतिवडा, गोकर्ण भण्डारी, श्रिजन घिमिरे र ज्ञानबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लले थाहाखबरलाई जानकारी दिए। 

सुनकोशी गाउँपालिकास्थित जिल्ला आयोजनाको कार्यालय थुम्पाखरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चौतारा ल्याउल लागेको उनले बताए। सडक निर्माणको काममा अवरोध गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरेको डिएसपी काफ्लेले जनाए।

अहिले सडकको काम पुनः सुचारु भएको छ। दोलखा, रापेछापलगायत चार जिल्लाको लाइफलाइनसँग जाडिएको यो सडक निर्माण नहुदाँ सर्वधासारणले व्यापक रूपमा शास्ती खेप्न बाध्य भएका छन्।

निर्माण कम्पनीको लापर्वाहीको कारणले यो सडकको अवस्था वर्षौंदेखि फेरिन सकेको छैन। खाडिचौरदेखि मुडेसम्मको २५ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको छ।

गौरीपार्वती सुनौलो खिम्ती जेभीले समयमा काम नसकेर छाडेलगत्तै गौरी पार्वतीले सडक निर्माणको काम जिम्मा लिएको थियो। भ्याटसहित ५२ करोड बराबरको लागतमा सडकको काम गरिरहेको छ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकार सहयोगमा निर्माण भएको अरनिको राजर्मास्थित खाडीचौरबाट दोलखासम्म जोड्ने ५५ किमिमा फराकिलो बनाउने काम भइसकेको छ।

भारतको एक्जिम बैंकको सहयोगमा बनिरहेको सडकको खाडीचौर मुडे २५ किमि सडक भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले लिएको छ।

दुई प्याकेज गरी लामोसाँघु–जिरी सडकको स्तरोन्नतिको काम भइरहेको छ। ०७२ बाट सालबाट सुरु भएको काम दुई बर्षमा सक्ने सम्झौता थियो। तर, ठेकेदार पक्षले काम नगरेपछि गतसाल गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले ठेकेदार पक्राउ गरेको थियो।

कामलाई तत्कालै निरन्तरता दिने सर्शतमा ठेकेदार छुटेका थिए। अहिले सडकको काम विस्तारै अगाडि बढेको भएपनि सोचेअनुरूप नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.