साढे ३ अर्बमाथिको कारोबार

|

काठमाडाैं : सेयर बजारमा आइतबार साढे ३ अर्बमाथिको कारोबार भएको छ। यो अहिलेसम्मकै उच्च कारोबार हो।

एक सय ७८ कम्पनीको एक अर्ब ६० करोड ८५ लाख २६ हजारको कारोबार भएको छ। ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर खरिद बिक्री भएका छन्। यसअघि सबैभन्दा धेरै कारोबार गत बिहीबार दुई अर्ब ७८ करोडको कारोबार भएको थियो।

नेप्से परिसूचक ६९ दशमलव अंकले बढेर १५ सयको बिन्दु पार गरेको छ। ६९ दशमलब ५६ अंकको वृद्धिसँगै नेप्से १५ सय ४ दशमलब १४ बिन्दुमा पुगेको छ। साढे २ वर्षदेखि नेप्सेमा यति ठूलो अंकको वृद्धि हुन सकेको थिएन। बजार समग्रमा ४.८५ प्रतिशतले बढेको छ।

आइतबार कारोबार खुलेको २० मिनेटमै ४३ अंकले बढेको बजार घटेर १९ अंकसम्म झरेको थियो। निक्कै उतारचढावमा देखिएको बजार फेरि ७५ अंकसम्म पुगेर घट्दै अन्त्यमा ६९ अंकको वृद्धि गर्दै कारोबार बन्द भयो। कारोबारमा सूचीकृत सबै १२ वटै समूहगत उपसूचक हरिया भएका छन्।

बैंकिंक समूह ८६ अंकले बढ्दा विकास बैंक ८४, व्यापार समूहमा ७३ अंकको वृद्धि देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ९२ अंकले बढ्दा निर्जीवन बीमा एक सय ३९ अंकले बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेका एनएमबी बैंक लिमिटेडको १२ करोडको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ११, शिखर इन्स्योरेन्स र हिमालयन डिस्ट्रिलरीले १० करोडमाथिको कारोबार गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.