|

ललितपुर : काठमाडौं सहरबाट अलि पर एउटा सानो तर ऐतिहासिक र प्राचीन गाउँ छ। यो गाउँ हो ललितपुरको खोकना। यो पुरानो नेवार बस्ती हो। अहिले यस ठाउँ ललितपुर महानगरपालिकामा गाभिएको छ।

सांस्कृति‚ ऐतिहासिक रुपमा खोकनाको आफ्नै महत्त्व छ। यससँगै भुटेको तोरीको तेलका लागि पनि यो ठाउँ प्रसिद्ध छ। यहाँ रहेका फाँटहरुमा तोरी फुल्दा सुन बिछ्याए झैं देखिन्थे। तर‚ पछिल्लो वर्ष शहरीकरणले गर्दा ती दृश्य देखिन छाडेको छ। खोकना रुप लुटिएर फुङ्ग उडेको झैं देखिन्छ।

‘तोरी फुलेको दृश्य र यहाँका फाँटहरुको हेर्न आउनेहरु धेरै देखिन्थिए‚’ स्थानीहरु भन्छन्‚ ‘तर आजभोलि तोरी फुल्ने ठाउँ नै छैन। यहाँ आउनेहरु पनि कम देखिन्छन्।‍’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.