|

जनकपुरधाम : भारतबाट जनकपुरतर्फ अवैध रुपमा ल्याइएको लाखौंको चाँदीसहित एक जनालाई सशस्त्र प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४० वर्षीय दिलिपकुमार साह रहेका छन्।

सशस्त्रका प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार भारतबाट साइकलमा आइरहेका साहलाई चेकजाँज गर्दा ३.४४० किलोग्राम चाँदीको गरगहना बरामद भएको छ। साह गम्छाले पोको बनाएर चाँदीका सबै गरगहना कम्मरमा बाँधेर लुकाएका थिए। उक्त चाँदीका गरगहना एक लाख २४ हजार ९० बराबरको रहेको छ।

यस्तै साहको साथबाट ५ हजार बराबरको साइकल, नगद २ हजार नेपाली रुपैयाँ र भारु १४ सय २४ तथा एक थान मोवाइल समेत बरामद भएको छ। बरामद सबै समान र चाँदीका गरगहनासहित तस्कर साहलाई आवश्यक कारबाहीका लागि भन्सारमा बुझाएको प्रहरी उपरीक्षक उप्रेतीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.