|

काठमाडौं : ब्रेक फेल भएको एउटा ट्रकले कलंकीमा ९ वटा सवारीसाधनलाई ठक्कर दिँदा कम्तीमा एकजनाको मृत्यु भएको छ। सोमबार साँझ भएको उक्त डरलाग्दो दुर्घटनामा ४ जना घाइते भएका छन्। मृतक र घाइतेहरुको नाम ठेगाना खुलिसकेको छैन।

थानकोटबाट कलंकी आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरसहितका सवारीसाधनलाई एकैचोटी ठक्कर दिएको थियो।

महानगरीय प्रहरी कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरका अनसार ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई हानेको थियो। 

दुर्घटनापछि ट्रकका चालकलाई नियन्त्रणमा लिइएको कुवँरले बताए। दुर्घटनामा सबैजना घाइतेहरूलाई वीर अस्पतालको ट्रामा सेन्टरमा भर्ना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.