|

काठमाडौं : नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ। तरुण दलले विज्ञप्ति जारी गरी सोमबार साँझ हृदयाघातका कारण निधन भएको जानकारी दिएको हो। 

अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो। 

श्रेष्ठको निधनप्रति तरुण दलले दु:ख व्यक्त गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठको असामयिक निधन भएको दु:खद खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.