|

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका २ बर्रे स्थित परेवा झरना प्रचार–प्रसार नहुँदा ओझेल परेको छ। 

उदयपुरगढी गाउपालिका-३ मा रहेको  जरूवा वजारबाट करिब ३ घण्टाको पैदल यात्रापछि साइपा हुँदै पुगिने र विभिन्न जातजातिसँग सम्बन्धित स्थानीय जनजिवन बुझ्दै, स्थानीय भाषा संस्कृतिको अवलोकन गर्दै जान सकिने र यो झरनामा पुग्दा वेग्लै आनन्दको अनुभूति हुने गरेको स्थानीय होम बहादुर बस्नेतले जानकारी दिए।

पर्यटक पुर्‍याउनै समस्या

गाउँपालिकाको कार्यालय बाट करिब १७ किलोमिटर टाढा पर्ने यो झरना निकै आकर्षक, मनमोहक, र घुम्न आउने पर्यटकको मनै लोभ्याउने गरेको स्थानीय जीवनबहादुर मगरले बताए। झरना निकै आकर्षित र ठूलो भए तापनि प्रचार–प्रसार र मुख्य गरी सडक पुर्‍याउन नसक्दा परेवा झरनासम्म पर्यटक पु्ग्न नसकेको उदयपुरगढी गाउँपालिका-२ का वडा अध्यक्ष मनोज कार्कीले बताए।

वडाध्यक्ष कार्कीले भने, ‘परेवा झरनासम्म पुग्ने सडक अबको ६ महिनाभित्र पुर्‍याइसक्ने योजनामा छौ।' विषेश गरी झरनाको वरिपरिका मगर समुदायको बाहुलियता भएकोले “मगर होमस्ट्रे” बनाउन लागिएको पनि वडाध्यक्ष कार्कीले बताए।

१२० फिट अग्लो झरना

उक्त झरनाको उचाइ १२० फिट अग्लोसमेत रहेको वडध्यक्ष कार्कीले बताए। झरनामा पुग्ने सामान्य कोदालेबाट तत्काललै खन्ने काम गरिने र झरनालाई प्रचार–प्रसार गरेका लागि गाउँपालिकामा समेत माग राखेको साथै परेवा झरनालाई राम्रो प्रवर्धन गर्न सके भ्रमण वर्ष २०२० लाई समेत थप टेवा पुर्‍याउने वडध्यक्ष कार्कीले बताए।

यसरी रह्‍यो नाम

उक्त झरनाको नाम परेवा राख्नुको कारणबारे स्थानीय ७० वर्षीय वृद्ध दलबहादुर मगर यस्तो भन्छन्, 'झरनानजिकै एउटा गाउँ थियो, त्यो गाउँलाई ठूलो पहिरोले बगाइदियो, र गाउँका परेवा सबै झरनाको वरिपरि ढुङ्गाको चेपमा गएर बसेकाले झरनाको नामनै परेवा झरना रहेको इतिहास छ।' अहिले पनि उक्त झरनामा प्रशस्तै परेवाहरु रहेको पाइन्छ।

झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरुको भनाइ छ। उदयपुरगढी गाउपालिका वडा न ६  नेपालटारका व्यवसायी बोधकुमार घिमिरेले भन्ने सरकारले सारेको भ्रमण वर्ष २०२० लाई सफल पार्न र पर्यटकीय क्षेत्रको विकासको लागि परेवा झरना एक कोशेढुंगा सावित हुने बताए।

‘झरना निकै राम्रो छ, पहरो र चट्टानी ढुङ्गाले झरनालाई आकर्षक देखाउँछ’, उनले भने, ‘यसको व्यापक प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ।’

छिट्टै प्रचारप्रसार थाल्छौँ

गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले झरनासम्म पर्यटकको चहलपहल बढाउन र आवश्यक प्रचारप्रसार थालिने बताए।  झरनाको पूर्वाधार निर्माणको लागि कुरा भइरहेको समेत उनले बताए।

पर्यटनको सयौँ गन्तव्य मध्यउदयपुरगढी एक गन्तव्य पर्न सफल भएकोले पर्यटन वर्ष २०२० लाई सफल बनाउन परेवा झरनासम्म पर्यटकहरु गाउँपालिकाले पुर्‍याउने वातावरण बनाउने अध्यक्ष मगरले  बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.