|

भद्रपुर : झापाको गौरीगञ्जमा भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका-६ देवीगञ्ज बस्ने २७ वर्षीय शरदकुमार माक्रा र गौरादह नगरपालिका-७ गुवालडुब्बा बस्ने ३७ वर्षीय कालचन माक्रा रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार गौरीगञ्ज-६ स्थित देवीगंज बस्ने उपेन्द्र यादवको बीआर ३८ के ८१३५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल घरको बरण्डामा राखिरहेको अवस्थामा सोमबार राति चोरी भएको थियो।

मोटरसाइकल चोरी भएको जानकारी पाउन साथ खटिएका प्रहरी टोलीले उक्त मोटरसाइकल माक्राले आफ्नो घरमा तिर्पालले छापेर राखेको अवस्थामा बरामद गरेको थियो। यता, मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.