भारतले २४ वटा एमएच ६० रोमियो र ६ वटा एएच अपाचे हेलिकोप्टर किन्‍ने

|

भारत र अमेरिकाबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा मंगलबार दुई मुलुकबीच रक्षा सम्झौता भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच मंगलबार भएको भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले यसबारे जानकारी दिएका हुन्। सम्झौताअनुसार भारतले अमेरिकासँग २४ वटा एमएच ६० रोमियो हेलिकोप्टर, ६ वटा एएच अपाचे हेलिकोप्टर खरिद गर्ने छ।

यस्तै, ट्रम्पले दुवै मुलुक आफ्ना नागरिकलाई कट्टर इस्लामिक आतंकवादबाट बचाउनका लागि प्रतिबद्ध रहेको समेत बताएका छन्। ट्रम्प र मोदी दुवैले द्विपक्षीय व्यापार दोहोरो अंकले वृद्धि भएको भन्दै खुशीसमेत व्यक्त गरे।

यसअघि मंगलबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए। त्यस अवसरमा भारतीय सशस्त्र बलले गार्ड अफ अनर र २१ तोपको सलामी अर्पण गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.