|

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ। उनी ९१ वर्षको थिए।    

करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको बलमा पदच्युत गरिएको थियो।    

उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ। अलाले आफ्नो ट्वीटमा भने, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मङ्गलबार विहान निधन भएको छ ।”    

उनको अन्त्येष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ। इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बनेका थिए। सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.