कञ्चनपुर : भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले हरियो धनियाँ बेचेरै एक महिनामा एक लाख १४ हजार रुपैयाँ आम्दानी गरेका छन्। थोरै जग्गामा लगाइएको धनियाँबाट यति आम्दानी भएपछि खड्का उत्साहित मात्र होइन, अचम्मित पनि छन्।
‘४०० किलोमा सहज रुपमा हातो हात बिक्री भएको छ,’ धनियाँबाट मात्रै यत्रो आम्दानी होला भनेर सोचेको पनि थिइनँ, ‘यसले तरकारी खेतीमा निरन्तर लाग्नका लागि प्रेरणा दिएको छ।’
खड्काले काउली, बन्दाकोपी, रायोका साग, भण्टा, गोलभेडा र खुर्सानी समेत खेती गर्दै आएका छन्। यस्तै, लौका, काँक्रा, फर्सी, करेलाजस्ता मौसमी तरकारी खेती पनि गर्दै आएका छन्। आफ्नै दश कट्टा जग्गामा मौसमी र बेमौसमी खेती गरेर उनले वार्षिक करिब सात लाख रुपैयाँ आम्दानी गर्दै आएको उनले बताए।
एक दशकअघिदेखि तरकारी खेती गर्दै आएको खड्काले तरकारी खेती गर्ने तालिम लिन नपाएको बताउँछन्। ‘तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन,’ उनले भने, ‘गर्दै जाँदा सबैथोक सिकिँदो रहेछ। तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।