|

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएका छ।  बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको भेट हुने जनाएको छ। 

दुई अध्यक्षबीच संविधान संशोधनका लागि वरिष्‍ठ माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको सार्वजनिक भएपछि नेकपामाथि भइरहेका आलोचना र त्यसको रक्षाका लागि पार्टीले तय गर्ने रणनीतिबारे छलफल हुनसक्ने बालुवाटार स्रोतले बतायो। 

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने कसरतसँगै राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने गरी कार्यदल बनाइएको छ। त्यसको चर्को विरोध भएपछि  कार्यदल सदस्यहरु सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले बस्न अस्वीकार गरेका थिए।   तर कार्यदलका संयोजक माधव कुमार नेपाल भने यसका बारेमा केही पनि बोलेका छैनन्।

त्यस्तै निर्वतमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण सार्वजनिक भएसागै उत्पन्‍न परिस्थिति, एमसीसीका सम्बन्धमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र नेकपाको भावी कदम पनि दुई अध्यक्षबीच छलफल हुन सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.