|

गोरखा : कार्यालयसम्बन्धी काममा प्रयोग गर्न सरकारी ढुकुटीबाट खरिद गरिएको मोटरसाइकल सिक्ने काममा दुरुपयोग गरेको पाइएको छ।

सरकारी कार्यालयको स्वामित्वमा रहेको ग १ ब ५०१ नम्बरको सेतो नम्बर प्लेटको मोटरसाइकल गत मंगलबार दिनभरि हरमटारीस्थित रङ्गशालामा सिकिरहेको फेला परेको हो। सो मोटरसाइकल कुन सरकारी कार्यालयको हो भन्ने बारे भने खुल्न सकेको छैन।

सवारी साधन चलाउन प्रतिबन्धित खेलमैदानमा बिनाहेलमेट एकजनाले दिनभरि सरकारी मोटरसाइकल सिकेको स्थानीयले जानकारी दिए। उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सरकारी काममा प्रयोग गर्नुपर्ने मोटरसाइकल सिक्ने काममा प्रयोग गरिएकाले सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.