|

बारा :  प्रहरीले बाराको सयाैं बिगाहा सार्वजनिक जग्गा हडप्न खोज्ने प्रद्युम्नराज पाण्डेलाई पक्राउ पुर्जी जारी गरी उनका मुख्य वारेस अधिकृत शुरेस तिमिल्सिनालाई भने नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय सिमराले सोमवार पाण्डेलाई पक्राउ पुर्जी जारी गरी उनका मुख्य वारेस अधिकृत तिमिल्सेनालाई भने नियन्त्रणमा लिएको हो।  अमेरिका बस्दै आएका पाण्डेको सम्पुर्ण किर्ते काम वारेस अधिकृत तिमिल्सेनाले गर्दै आएका छन्। पाण्डेले विशेष आर्थिक क्षेत्र ‘सेज’ प्राधिकरण, अम्लेखगञ्जको रेलवेय कार्यालय आसपासको सार्वजनिक जग्गा र फिल्डबुकमा ऐलानी, पर्ति खोला, बगर, गौचरन भनि उल्लेख भएका बाराको विभिन्न स्थानका सयौ बिगाहा सार्वजनिक जग्गा सुकुम्बासी समस्या समाधान आयोगको माध्यमवाट किर्ते पुर्जा बनाउन पटक पटक प्रयास गरेका थिए। 

जसमध्ये पाण्डेले  जीतपुरसिमरा वडा नं २३ को साविक कित्ता नं ६१ को एक बिगाहा १० कठ्ठासहित २० बिगाहा बहुमुल्य सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाईसकेका छन्। 

सार्वजनिक जग्गा कीर्ते प्रकरण : भरिया समातिए, मुख्य नाइके कहिले?

बारा प्रहरीले  सर्वोच्च अदालतको किर्ते पत्र बनाउन पहल गरेको, सो पत्र सिमरा मालपोत कार्यलयसम्म ल्याउन, जनप्रतिनिधिवाट सिफारिस बनाउन तिमिल्सेनाको भुमिका प्रमुख देखिएको भन्दै उनलाई पक्राउ गरेको हो। तिमिल्सिनाले सार्वजनिक जग्गा पाण्डेको नाममा किर्ते पुर्जा बनाउन जग्गा प्रशासक, राजनीतिक दलका नेता कार्यकर्तासहित सञ्चारकर्मी समेतलाई  ठुलो आर्थिक प्रभावमा पार्ने काम गरेको अनुसन्धानको कम्रमा भेटिएको छ। 

‘सार्वजनिक जग्गा किर्ते प्रकरणमा तिमिल्सिनाको भूमिका प्रत्यक्ष नदेखिने तर पाण्डेलाई सहयोग गर्न अदालतको आदेशलाई समेत प्रभाव पार्नेगरी तलदेखि माथिसम्म सेटिङ्ग मिलाउने, बाहिर नदेखिने गरी सहयोग गर्ने काम गरेको भेटिन्छ’ ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख तथा  प्रहरी नायव उपरिक्षक डिएसपी गोविन्द पुरीले भने। २०७५ असार ५ गते पाण्डेको वारेस अधिकृतको जिम्मेवारी लिएका तिमिल्सेनाले २०७५ अशोज १९ गते सर्वोच्च अदालतको फैसला विपरित अभिलेख शाखाको किर्ते पत्र बनाउन सर्वोच्चकै कर्मचारीलाई प्रभावमा पारेका थिए। 

सरकारी कागजपत्र किर्ते गर्ने सर्वोच्च अदालतका  कर्मचारी पक्राउ

बारा प्रहरीले यसअघि सर्वोच्च अदालतको पत्र किर्ते गरेको अभियोगमा पाण्डेको पहिलो वारेस अधिकृत वोहाव अन्सारीसहित सर्वोच्च अदालतका निर्वतमान सुब्बा हस्तबहादुर नेपाली, प्रह्लाद प्रसाद रेग्मि र चन्द्रबहादुर सिंहलाई पक्राउ गरिसकेको छ। ‘अहिले शुरेस तिमिल्सिना भनेको  प्रद्युम्नराज पाण्डे नै  हो, उसको भुमिका भनेको जग्गा दर्ता प्रकियामा  सर्वोच्च अदालतमा पत्र तयार गर्न पहल गर्ने, निवेदन बनाउने, पत्र बोकेर हिड्ने, स्थानिय जनप्रतिनिधिवाट सिफारिस बनाउने र यसमा संग्लन सबैलाई सेटिङ्ग मिलाउने’ मालपोत कार्यालय सिमराका एक  अधिकारीले भने। 

बाराका प्रहरी उपरिक्षक  कृष्णप्रसाद पंगिनीले  सार्वजनिक जग्गा किर्ते गर्ने प्रद्युम्नराज पाण्डेलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको बताए। ‘प्रारम्भिक अनुसन्धानले पाण्डे अमेरिका छन् भन्ने हामीलाई सुचना आएको छ, तर अब जहाँ भए पनि  जुनसुकै माध्यमवाट पनि हामी पाण्डेलाई पक्राउ गछौ, छोड्दैनौ’ बाराका प्रहरी उपरिक्षक पंगिनीले भने। बारा प्रहरीले पक्राउ परेका सबैलाई अदालतवाट म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। 

सर्वोच्च अदालतले पाण्डेले हकदावी गरेको बाराको विभिन्न स्थानको सार्वजनिक जग्गाको विषयमा दुवै पक्षको प्रमाणका बुझी  पुन निर्णय गर्न मालपोत कार्यालय सिमराको नाममा आदेश दिएको थियो। सोही  आदेशका आधारमा मालपोत कार्यालय सिमराले पुनं ३५ दिने सुचना निकालेर प्रमाण सहित उपस्थित हुन पाण्डेलाई निर्देशन  दिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.