|

काठमाडौंः सांसद राजबहादुर बुढा क्षत्रीले काठमाडौंका सडकमा सवारी जाम र गाडीभित्र मान्छेको जाम हुने गरे पनि सरकारले व्यवस्थापन गर्न नसकेको बताएका छन्। बुधबार सांसद क्षत्रीले प्रतिनिधिसभा बैठकमा यस्तो बताएका हुन्।

उनले उपत्यकाका सहरबासीले सवारी जामबाट सास्ती खेपिरहेको बताउँदै सरकारले व्यवस्थापनमा ध्यान नदिएको बताए। उनले भने, ‘सडकमा जाम र गाडीभित्र मान्छेको जाम नहुनु पर्ने हो। यो के कारणले भयो? सरकारको ध्यान जानुपर्छ? गाडी धेरै भएपछि मान्छे खुकुलो ढंगले सेवा पाउनुपर्ने हो। तर, त्यो पनि छैन। यो कुरामा सरकारको ध्यान जाओस्।’

उनले सिंहदरबार अगाडि हुने सवारी जामको पनि सरकारले व्यवस्थापन गर्न जरुरी रहेको बताए। अहिलेको समयमा पनि सवारी जामलाई व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले सरकारको आलोचना गर्दे आएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.