|

काठमाडौं :काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरभित्रका निजी तथा सरकारी विद्यालयमा आगामी शैक्षिक शत्र वैशाखबाट स्थानीय पाठ्याक्रम सञ्चालन ल्याउने भएको छ। काठमाडौंको कला,संस्कृतिको संरक्षण गर्न भन्दै महानगरपालिकाले स्थानीय पाठ्यक्रम सञ्चालनमा ल्याउन लागेको हो। 

स्थानीय पाठ्यक्रम निर्माणका लागि गत भदौमा नगर शिक्षा समितिले तीन सदस्यीय समिति गठन गरेको थियो। त्यही समिति गठनले काठमाडौंको संस्कृति समेटिने गरी पाठ्यक्रम बनाउने निर्णय गरेको थियो।

महानगरपालिका शिक्षा विभागका निमित्त शिक्षा अधिकारी तारापति खरेलले स्थानीय पाठ्यक्रम तयार गर्दै गरेको जानकारी दिदै वैशाखबाट सबै विद्यालयमा पाठ्यक्रम सञ्चालनमा ल्याउने बताए। ‘अहिले स्थानीय पाठ्यक्रम तयार गर्ने कार्य भइरहेको छ,’खरेलले भने,‘अब पाठ्याक्रम निर्माण काम छिट्टै सकिन्छ। पाठ्यक्रम बनिसकेपछि सबै विद्यालयमा किताब पठाइन्छ।

शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू हुन्छ।’ उनले आधारभूत तहका सबै निजी र सामुदायिक विद्यालयका पाठ्यक्रम सञ्चालन गर्ने बताए। त्यस पाठ्यक्रमले बालबालिको शैक्षिक मनोबल बढाउने उनको भनाइ छ। उनका अनुसार पाठ्यक्रममा काठमाडौंका पेशा–व्यवसाय, कला, धर्म, संस्कृति, रहन-सहनलाई समावेश गरिएको छ। उनले भने,‘यो पाठ्याक्रमले लोप हुँदै गएका संस्कृति संरक्षणमा ठूलो योगदान पुर्‍याउने छ।’  

महानगरपालिकाले आर्थिक वर्ष २०७६ /०७७ को वार्षिक बजेट पुस्तिकामा शिक्षा नीतिअन्तर्गत विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रम बनाई यसै वर्ष जारी गरिने उल्लेख छ। यसरी निर्माण गर्ने पाठयक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति नैतिक शिक्षासमेत समेटिने उल्लेख छ।

महानगरपालिकाका अनुसार महानगरपालिकाभित्र ९१ वटा सामुदायिक विद्यालय छन् भने करिब ५४३ वटा निजी विद्यालय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.