|

काठमाडौं : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जनालाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। यी दुवै पुरस्कारका राशि जनही साठी हजार रुपैयाँ रहेका नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताए

उनका अनुसार काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्ग रहेर पनि नेपाली भाषासाहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ। यी तीनै पुरस्कारका राशि जनही पचास हजार रुपैयाँ रहेका छ।

मिस मङ्गोल सिविरा लामालाई पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको सदस्यसचिव प्रसाईंले जानकारी दिए। शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उनबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कार समर्पण गरिने सदस्य सचिव प्रसाईंले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.