|

काठमाडौं : प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरू मौन देखिएका छन्।

गत माघ १२ गते सभामुखमा सत्तारूढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रक्रिया चाँडै सुरु हुने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरू मौन दखिएका हुन्।

सत्तारूढ दल नेकपाका नेताहरूले सभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएको छ। विपक्षी दलका नेताहरूले भने सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन्।

सत्तारूढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताए। नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरू नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उनले बताए।

उनले राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सभामखु चयनमा सत्तारूढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताए। फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधानअनुसार उपसभामुखको चयन प्रक्रिया चाँडो सुरु गर्न आग्रह गरे।

उनले उपसभामुखमा उम्मेदवारी दिने वियायमा कांग्रेसले अहिलेसम्म केही नसोचनेको बताए। अरू दलहरू पनि यसका लागि दावेदार रहेकाले सत्तारूढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै बडुले कांग्रेसले केही नसोचेको बताएका हुन्।

राष्ट्रिय जनता पार्टी (राजपा) राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले उपसभामुख कसलाई दिने भनने कुरा सरकारले निर्णय गर्ने बताए। अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रूपमा केही नभनेको उल्लेख गर्दै उनले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताए। सरकारले सभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उनको भनाइ छ।

सभामुखमा सापकोटा निर्वाचित भए पनि उपसभामुखको विषयमा अहिलेसम्म कुनै प्रक्रिया अगाडी बढ्न सकेको छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.