राष्ट्रपतिलाई नागरिक अभिनन्दन

|

दार्चुला : कालापानीको जिल्ला दार्चुला पहिलोपटक पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार सीमा व्यवस्थापनमा लागी परेको बताएका छन्।

बिहीबार बिहान १०:४० मा दार्चुला पुगेका राष्ट्रपति भण्डारीले देशको सीमालाई सरकारले गम्भीरताका साथ लिएको र यसको व्यवस्थापनका लागि सरकार लागी परेको बताएका हुन्।

भारत सरकारले दार्चुलाको व्याँस गाउँपालिका-१ ठूलो भूभाग आफ्नो नक्सामा पारेपछि नेपाल र भारतबीच सीमा विवाद पछिल्लो पटक चुलिएको बेला कालापानीकै जिल्लामा पुगेर राष्ट्रपतिले आफ्नो सम्बोधनमा सीमा व्यवस्थापन गर्दै गरेको कुरा सकारात्मक भएको प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए।

राष्ट्रपतिलाई नागरिक अभिनन्दन

पहिलोपटक दार्चुला पुगेकी राष्ट्रपति भण्डारीलाई दार्चुलाबासीले नागरिक अभिनन्दन गरेका छन्। दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका-३ मालिकार्जुनमा आयोजित समारोहमा दार्चुलाबासीका तर्फबाट मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले राष्ट्रपतिलाई अभिनन्दन गरेका हुन्।

राष्ट्रपतिको अभिनन्दन कार्यक्रममा सुदूरपश्चिम प्रदेशप्रदेश प्रमुख शुसिला पन्त त्रिपाठी, मूख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना, प्रदेशसभाद सदस्यद्वय गेल्बुसिह बोहरा र मानबहादुर धामी, प्रधानमन्त्री कार्यालयका उपसचिव हरदेव जोशी, अपीहिमाल, मार्मा, नौगाड, मालिकार्जुन गाउँपालिका प्रमुख तथा शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुखसहित हजारौं स्थानीयको उपस्थिति रहेको थियो।

अखण्ड दीप प्रज्ज्वलन

देशले सातौं धार्मिक धामका रूपमा विकास गर्न खोजेको मालिकार्जुन मन्दिरमा आजबाट अखण्ड दीप प्रज्वलन गरिएको छ। मन्दिरका मुखिया रुद्रसिह धामी, भण्डारी तारासिह धामी र पूजारी बिस्टले जिम्मा लिने गरी राष्ट्रपति भण्डारीले अखण्ड दीप प्रज्ज्वलन सुरु गरेका हुन्। मन्दिरमा अब निरन्तर दीप प्रज्वलन गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.