चार महिनापछि फैसला

|

हेटौँडा : हेटौँडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद सजायको फैसला भएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दाअन्तर्गत केशरीलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

त्यस्तै, मतियारको रूपमा रहेको सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवानाको फैलसा गरेको छ। त्यस्तै, अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको तहसिलदार तुल्सी लामिछानेले जानकारी दिए।

कात्तिक १४ गते पक्राउ गरिएका केशरीलाई कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो। केशरीलाई पक्राउ गरेको १० दिनपछि अर्का अभियुक्त मण्डललाई पनि प्रहरीले पक्राउ गरेको थियो।

भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते कंसाकारको पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए। एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पक्राउ गरिएको थियो।

चार महिनापछि फैसला

साढे पाँच वर्षअगाडि हेटौँडाको मेनरोडकी विन्दवासिनी कंशाकारलाई तेजाव छ्यापेर भागेका केशरीलाई अभियुक्तलाई कात्तिक १५ गते  प्रहरीले पक्राउ गरेको थियो। बारा प्रहरीको सहयोगमा अभियुक्तलाई साढे पाँच वर्षपछि चार महिनाअघि पक्राउ गर्न सफल भएको हो।

विस २०७० साल वैशाख ९ गते विन्दवासीनीलाई तेजाव प्रहार गरी भारतमा लुकेर बसेका केशरीलाई बारा प्रहरीले पक्राउ गरेको हो। साढे पाँच वर्षअघि 'विन्दावासिनी एसिड काण्ड' सनसनीपूर्ण खबरको रूपमा रहेको थियो। हेटौँडाको ठूलो अपराध काण्डको रूपमा रहेको विन्दावासिनी एसिड काण्डले अदालतको फैसलासँगै टुंगो पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.