सुरक्षा व्यवस्था कडा

|

डडेल्धुरा : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्ने भएकी छन्।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले शुक्रबार बिहान १० बजे अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरको दर्शन गर्ने भएका हुन्।

राष्ट्रपति भण्डारीले बिहान उग्रतारा मन्दिरमा माता भागवतीको दर्शन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तले जानकारी दिए।

सुरक्षा व्यवस्था कडा

जिल्ला सदरमुकामभन्दा पाँच किलोमिटर टाढा उत्तरतर्फ महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको दर्शन गर्ने भएपछि मन्दिर परिसरमा सरसफाइ गरिनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको छ।

बिहीबार बिहानैदेखि मन्दिर परिसरमा सरसफाइ गरिएको हो। बिहीबार बेलुकीदेखि उग्रतारा मन्दिर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले सम्मान स्वरुप उपहार प्रदान गर्ने कार्यक्रम रहेको अमरगढी नगरपालिकाले जनाएको छ। बैतडी, दार्चुलाका स्थानीय तहहरुले राष्ट्रपति भण्डारीको भ्रमणमा सार्वजनिक बिदा दिए पनि डडेल्धुरामा भने दिइएको छैन।

मन्दिरमा माताको दर्शन कार्यक्रम मात्रै रहेकाले सार्वजनिक बिदा नदिइएको अमरगढी नगरपालिकाले जनाएको छ।

राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शनका बेला जनप्रतिनिधिलगायत कर्मचारी  मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुकलगायत उग्रतारा क्षेत्र विकास समिति पदाधीकारी, पूर्व पदाधिकारीहरूले स्वागत गर्ने समिति अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए। वेदविद्याश्रममा अध्ययनरत बटुकहरुले संस्कृतमा स्वागत रूवरूप स्वस्तानी वाचन गर्ने अध्यक्ष साँकीले बताए।

राष्ट्रपति भण्डारीले बिहीबार अघि बैतडीको त्रिपुरा सुन्दरी र दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजापाठसँगै दर्शन गरेकी छन्। हेलिकोप्टरमार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगेपछि उनी शुक्रबार कञ्चनपुर जाने कार्यक्रम छ।

राष्ट्रपतिको उपस्थितिमा शुक्रबार ‘तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव’ आयोजक भीमदत्त नगरपालिकाले मझगाउँस्थित विमानस्थलमा विशेष समारोहको आयोजना गरिँदैछ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक विमानस्थल मैदानमा आयोजना हुने कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन्। राष्ट्रपति भण्डारी शुक्रबार दिउँसो १ बजे मझगाउँ विमानस्थलको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.