|

गुल्मी : 'मान्छेलाई जस्तै घरपालुवा पशुपन्छीहरूलाई पनि उपचार गराउनुपर्ने रहेछ घरपालुवा पशुपन्छीहरू स्वस्थ भए मात्र परिवार स्वस्थ भइने रहेछ।' यो भनाइ हो मालिका गाउँपालिका-६ अर्जेकी कल्पना खत्रीको हो।

गाउँमै आएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञको पशु स्वास्थ्य शिविरबाट उनले यस्तो जानकारी पाएकी हुन्। घरपालुवा पशुहरुलाई पनि स्वास्थ्यको उपचार र नियमित रुपमा स्वास्थ्य उपचार गराउनुपर्छ भन्ने आफूलाई बल्ल थाहा भएको उनले बताइन्।

आगामी दिनहरुमा पशुपन्छीहरुलाई पनि मान्छेलाई जस्तै गरी नियमित स्वास्थ्य उपचार गर्ने उनले बताइन्। पशुहरूमा पनि लामो समय बाझोपन हुन नदिन र स्वस्थ राखिराख्‍न नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने रहेछ भन्‍ने आफूले ज्ञान पाएको उनको भनाइ छ।

पशुहरूमा पनि हाडनातामा गर्भाधान गराउन नहुने रहेछ

यस्तै, सोही गाउँकी  ३७ वर्षकी दीपा अर्यालले पनि घरपालुवा पशुहरुमा नश्ल सुधार गर्नुपर्ने र घरपालुवा पशुहरुमा हाडनाता लाग्नेगरी गर्भाधारण गराउन नहुनेबारे अहिले बल्ल आएर थाहा भएको बताइन्। उनले मानवले आफूलाई केही समस्या परेमा बताउन सक्ने र दोहोरो संवाद गर्न सक्ने भएकाले त्यति समस्या नहुने भन्दै घरपालुवा पशुपन्छीहरुमा देखापर्ने लक्षणले मात्र थाहा पाउनसक्ने बताइन्।

यस्तै, त्यही वडाकी ३८ वर्षकी  रेनुका अधिकारीले पनि  पशुपन्छीहरुमा नियमित रुपमा उपचार गर्ने बानी भएमा खसी,बोकाहरुमा उत्पादनमा बृद्धि हुने गरेको बताइन्। उनले घरपालुवा पशुपन्छीहरुमा नियमित रुपमा स्वास्थ्य उपचार गर्नुपर्ने ज्ञान आफूलाई भएको भन्दै समय समयमा पशु शिविर सञ्‍चालन गर्नुपर्ने र आम पशुपालक कृषकहरूलाई जानकारी हुनुपर्नेमा जोड दिइन्।

सही औषधिको प्रयोग गर्न आग्रह

यता, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले नियमित रुपमा पशुहरुको पनि उपचार गर्नुपर्ने बताए। उनले गुल्मीको मालिका गाउँपालिकालाई बाख्रा मिसन कार्यक्रम संचालन हुन गइराखेको भन्दै उत्पादनमा जोड दिन आग्रह गरे। उनले शिविरमा नि:शुल्क रुपमा औषधि पाइयो भन्दैमा अनावश्यक नलिन र औषधिको सही सदुपयोग गर्न आग्रह गरे।

यस्तै, मालिका गाउँपालिका-६ अर्जेका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले गाउँपालिकाले उत्पादनमा आधारित अनुदानको व्‍यवस्था गरेको भन्दै उत्पादनमा जोड दिन आग्रह गरे।

मालिका गाउँपालिका-६ अर्जेमा भएको पशु शिविरमा दुई हजार घरपालुवा पशुहरुको स्वास्थ्य उपचार गरी नि:शुल्क औषधि वितरण गरिएको सम्पर्क केन्द्र गुल्मीका प्रमुख हरिनारायण चौधरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.