|

काठमाडौं : एकजना इन्जिनियरले सेवाग्राहीबाट लिएको घुस मदिरा कम्पनीको खातामा राख्ने गरेको भेटिएको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेतले सेवाग्राहीबाट लिएको घुस लुकाउन यस्तो विधि अपनाएको खुलेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ।

त्यसैगरी उनले लिएको ३७ लाख ५० हजार रुपैयाँ लुकाउन सघाएका श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध पनि विशेष अदातमा मुद्दा दायर भएको छ। 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार झापामा सडक ग्राभेलको गर्दा बिल भरपाई गरी भुक्तानी दिनका लागि बस्नेतले उक्त घुस मागेका थिए।

दुवैजनाले मिलेर पटकपटक गरी ३७ लाख ५० हजार बराबरको घुस लिएको खुलेको छ। यही अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

सिडिई बस्नेतले अवैध आम्दानी वापतको रकम आफन्त पर्ने कार्कीको श्री डिस्टिलरी प्रालिको नाममा खोलिएको बैंक खातामा रकम जम्मा गर्ने गरेको अख्तियारले भेट्टाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.