मास्कको कालोबजारी रोक्न अनुगमन बढाइने

|

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहत सबै अस्पतालमा कोरोना भाईरस उपचारका लागि छुट्टै वार्ड अनिवार्य स्थापना गर्ने भएको छ। हेटौंडा, भरतपुर, भक्तपुरमा स्थापना गरिसकेको जनाउँदै प्रदेश सरकारले अन्य स्वास्थ्य संस्थामा पनि वार्ड स्थापना गर्ने भएको हो।

सोमबार प्रदेश सरकारले आकस्मिक छलफल गरी शंकास्पद् बिरामी आएमा अलग्गै राखेर उपचार गर्ने गरी तयारी भएको जानकारी दिएको छ। कोरोनाको संक्रमण भित्रन र फैलिन नदिन विभिन्न समिति बनाएर काम समेत गरिरहेको सरकारले जनाएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरेका छन्। 

उपचार पद्दति पत्ता नलागेको भएर मात्र केही समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। सरकारले जागरण अभियान चलाइरहेको भन्दै अफवाह फैलन नदिनेतर्फ सबै सचेत हुन जरुरी रहेको उनले जानकारी दिए।
यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले कोरोना नियन्त्रणका लागि तीनै तहसँग समन्वय भएको जानकारी दिए। 

एक महिना अगाडिबाट विभिन्न समिति बनाएर काम गरिरहेको बताउँदै उनले यसको नियन्त्रणका लागि काम गरिरहेको उल्लेख गरे। संवेदनशील ठाउँमा हेल्प डेस्क निर्माण गरेर काम गरिरहेको जानकारी दिए।

यसको नियन्त्रण तथा सचेतनाका लागि सरकारले लिनुपर्ने पहल कदमी लिइएको उनले बताए। मास्कको कालोबजारी गरेको गुनासो आएकोले जानकारी पाए कारवाही गर्ने जानकारी उनले दिए।

स्वास्थ्य  मन्त्रालयको सन्देश

स्वास्थ्य मन्त्रालयबाट आएको टोलीले कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो चिज आदानप्रदान गरेर खाने, काँचो तथा नपाकेका खाना खाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलाप नगर्न आग्रह गरेको छ।

मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएरमात्र खान आव्हान गरेका छन्। टोलीले जानकारी गराउँदै भन्यो ‘रुघाखोकी, ज्वरो आदि आए अनिवार्यरुपमा मास्क लगाउँ र स्वास्थ्य केन्द्रमा जचाउन जाऊँ।’ 

मुख्यमन्त्री पौडेलले कोरोना भाइरसले कुनै पनि सीमा, जातको फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि हेर्ने नभएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.