|

काठमाडौं : भ्रमण बर्ष २०२० स्थगत गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपालमै विश्वसुन्दरी प्रतियोगिता (मिस वल्र्ड) आयोजना गर्न प्रकृया अघि बढाएका छन्। 

चीनको उहानबाट फैलिएको कोभिड १९ भनिने कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि सरकारले भ्रमण बर्षका सबै कार्यक्रम स्थगत गरिसकेको छ। अब विभागीय मन्त्री योगेश भट्टराईले फेरि विश्वसुन्दरी प्रतियोगिताका लागि सुन्दरीहरु छनोट गरेर पठाउने द हिडन ट्रेजरसँगको सहकार्यमा प्रकृया अघि बढाएका छन्। तर विश्वसुन्दरी प्रतियोगिताको आयोजकले हिडन ट्रेजरसँग 'मिस युनिभर्स' टाइटलमा प्रतियोगी पठाउने अधिकार खोसिसकेको छ। 

नेपालमा विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्न भोली (बिहीबार) सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी आन सिंह र मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मार्लीलगायतको टोली नेपाल आउँदैछ। द हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज कर्णीकारका अनुसार यो टोलीले पहिलो चरणको अध्ययन गर्नेछ।

त्यसपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने उनले जानकारी दिए। नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार यो टोलीले अध्ययन गरेपछि नेपालमा मिस वल्र्ड आयोजना गर्न सकिने÷नसकिनेबारे टुंगो लाग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.