|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमा मिर्गौला प्रत्यारोपण शुरू भएको छ।

यसअघि नै चिकित्कहरुले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न लागेकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया शुरू गरिसकेका छन्।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन लागेकी भाञ्जी समीक्षाको शल्यक्रिया शुरू

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेका प्रधानमन्त्री ओलीलाई अहिले अस्पतालको शल्यक्रिया विभागमा लगिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रा‍.डा‍. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण गर्न लागेको हो। ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान दिँदैछिन्।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले मिर्गौला प्रत्यारोपणपछि बढीमा हप्तादिनमा प्रधानमन्त्री ओली घर फर्किने बताएका छन्।

अब प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.