नेकपा प्रवक्ता भन्छन् : गौतम पनि जाने निश्चित छ

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नौ सदस्यीय सचिवालय छ। तर, नारायणकाजी श्रेष्ठले राष्ट्रियसभामा प्रवेश गरेपछि नौ जनामध्ये बामदेव गौतम मात्रै संसदबाहिर भएका छन्। 

गौतमलाई पनि राष्ट्रियसभामा लाने नेकपाकोे यही १४ गते बसेको सचिवालय बैठकले निर्णय गरेको छ। तर, सचिवालयले गौतमलाई राष्ट्रियसभामा लाने निर्णय गरेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णयप्रति विमति जनाएपछि गौतमको संसद् प्रवेश अन्योल बनेको हो। 

प्रधानमन्त्री ओलीले विमति जनाए पनि पार्टीभित्र पेचिलो बनेको गौतम प्रकरण अन्य नेताहरूले अडानबाट पछि हटेका छैनन। सचिवालयमै अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा नत मुख खोलेका छन् नत लिखित असहमति नै जनाएका छन्। 

राष्ट्रिसभामा गौतम जाने निश्चित भइसकेकाले त्यस विषयमा बोल्न आवश्यक नभएको नेकपाको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए। तर, प्रधानमन्त्री ओली राष्ट्रियसभा अर्थमन्त्री युवराज खतिवडालाई पुन दोहार्‍याउने प्रयास गरेका थिए। राष्ट्रियसभाबाट बिदाइ भइसकेका खतिडालाई पुन: अर्थमन्त्रीमै नियुक्ति गरिसकिएको छ।  

प्रत्यक्षतर्फको निर्वाचनमा बर्दिया र गोरखाबाट पराजित गौतम र प्रवक्ता श्रेष्ठ मात्रै संसदबाहिर थिए। तर, प्रवक्ता श्रेष्ठले गण्डकी प्रदेशबाट राष्ट्रियसभामा प्रवेश गरेपछि गौतम मात्रै संसदबाहिर भएका हुन्। नेकपा प्रवक्ता श्रेष्ठले बुधबार नै राष्ट्रियसभाको लागि पद तथा गोपनीयताको शपथ लिएर संसद प्रवेश गरिसकेका छन्। 

पार्टीको गौतमलाई पनि राष्ट्रियसभाको निर्वाचनबाट पठाउने प्रयास गरेको थियो। तर, उनी राष्ट्रियसभामा गएपछि संविधान संशोधन गरेर प्रधानमन्त्री बन्न पाउने व्यवस्था भए मात्रै जाने सर्त राखेका थिए।
 
तर, अहिले गौतमलाई राष्ट्रपतिबाट मनोनीत सदस्यबाट प्रधानमन्त्री बनाउने बाटो खुला गर्ने पक्षमा पनि नेकपा नेताहरू उभिएका थिए। 

तर, व्यक्तिका लागि संविधान संशोधन गर्न लागेको भन्दै चौतर्फी आलोचना भएपछि कार्यदल घोषणा नै भंग भयो। तर, नेकपाले गौतमलाई उपाध्यक्ष बनाउनकै लागि पार्टीको विधानसमेत संशोधन गरेको थियो। 

सचिवालयमा प्रधानमन्त्री ओलीसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.