|

इलाम : घरेलु मैदानमा पहिलो पटक सेमीफाइनल पुगेको आयोजक माईभ्याली फुटबल क्लब र पहिलो संस्करणको विजेता विभागीय टोली त्रिभुवन आर्मी इलाममा जारी माईभ्याली गोल्डकपको उपाधि होडमा आज प्रतिष्पर्धा गर्दैछन्।

ठुलो टुडिखेलमा जारी प्रतियोगितामा घरेलु टोली ए डिभिजन लिगको अनुभव बटुलेका खेलाडीहरु सहित मैदान उत्रने तयारीमा छन्‌। आयोजकका तर्फबाट एनआरटी क्लबका ३ जना अफ्रिकन सहित १० जना खेलाडीले ए डिभिजन लिगको अनुभव बटुलेका छन्।

सेमीफाइनलसम्म पुग्नका लागी आयोजक टोलीले पाहुना टोली ग्यान्टोक सिटिलाई २–० र कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटसलाई २–१ ले हराएको थियो।

छैटौ संस्करणसम्म आइपुग्दा आयोजकले सेमीफाइनल सम्म स्थान बनाउन सकेको थिएन्। आर्मी विरुद्ध जित निकाल्दै पहिलो पटक घरेलु मैदानमा उपाधि होडमा पुग्ने आयोजकको लक्ष्य रहेको छ। चौथो संस्करणमा कास्की–११ लाई पराजित गरेर क्वाटरफाइनल पुगे यता आयोजक टोलीको प्रर्दशन पहिलोपटक स्तरीय देखिएको हो।

यता विश्वकप छनौटका लागी राष्ट्रिय टोलीका क्लोज क्याम्पका कारण पहिलो संस्करण बिजेता आर्मी दोश्रो रोजाईका खेलाडी सहित मैदान उत्र्दैछ। यदपी आर्मीबाट राष्ट्रिय टोलीमा स्थान बनाइसकेका जितेन्द्र कार्की, टंक बस्नेत, सन्तोष तामाङ उमेर समुहका विवेक बस्नेत सहित मैदान उत्रँदैछन्‌। आर्मीले सेमीफाइनल प्रवेशका लागी अर्को ए डिभिजन क्लब संकटालाई हराएको थियो। आर्मी लिगको उपविजेता टोली समेत हो।

आगामी फागुन २४ गते हुने फाइलन खेलका लागी लिग बिजेता मछिन्द्रले स्थान बनाइसकेको छ। उसले मानेभञ्ज्याङ फुटबल क्लबलाई हरायो। प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

उत्कृष्ट खेलाडीलाई यस संस्करणबाट नगद नै प्रदान गरिने छ। यसअघिका ३ संस्करणको उत्कृष्ट खेलाडीले बाइक वा स्कुटर प्राप्त गर्दै आएका थिए। विधागत रुपमा समेत पुरस्कार प्राप्त गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.