सिन्धुपाल्चोकको हेलम्बु र मकवानपुर जाने

|

काठमाडौं : मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी छन्। उनलाई त्रिभुवन विमानस्थलमा मिस नेपाल अनुष्का श्रेष्ठसहितले बिहीबार स्वागत गरे। 

जमैकाकी मिस वर्ल्ड सिंहसँगै मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी आएका हिडन ट्रेजरले जानकारी दिएको छ। मिस नेपालको आयोजना हिडेन ट्रेजरले गर्दै आएको छ। 

मिस वर्ल्ड संस्थासँग हिडेन ट्रेजरले दुई दशक अघिदेखि सहकार्य गर्दै आएको छ। करिब २३ वर्ष लामो सहकार्यका क्रममा पहिलो पटक मिस वर्ल्डले नेपाल भ्रमण गरेकी हुन्। 

हिडन ट्रेजरले २५औं वार्षिकोत्सव मनाउन मिस वर्ल्डलाई नेपालमा बोलाएको हो। उसले नेपालमा भइरहेको भिजिट नेपाल २०२० को प्रवर्द्धका लागि भन्दै उनलाई बोलाएको थियो। तर कोरोना भाइरसका कारण भिजिट नेपाल कार्यक्रम स्थगित भइसकेको छ।

मिस वर्ल्ड टोनीले नेपालमा रहँदा सिन्धुपाल्चोकको हेलम्बु पनि पुग्नेछिन्। त्यसैगरी मिस नेपाल २०१८ श्रृंखला खतिवडाको गृहजिल्ला मकवानपुर पनि जाने भएकी छन्।  उनी शृंखला खतिवडाको परियोजना हेर्न मकवानपुर जाने भएकी हुन्। 

मिस नेपाल अनुष्का श्रेष्ठले टोनी एन नेपाल आएको जानकारी दिएकी छन्। उनी मिस नेपाल २०१९ श्रेष्ठले सिन्धुपाल्चोकको हेलम्बुमा चलाइरहेको परियोजना हेर्न जाने भएकी हुन्। 

हिडन ट्रेजरले यो भ्रमणलाई आगामी वर्षहरुमा हुने मिस वर्ल्ड कार्यक्रम नेपालमा गर्न सकिने सम्भावनाबारे पनि अध्ययनका रुपमा लिएको छ। यस क्रममा मिस वर्ल्डका कार्यक्रम गर्न सकिने सम्भावित ठाउँको पनि टोलीले अनुगमन गर्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.