|

पर्सा : राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न भन्दै प्रदेश-२ मा युवा लक्षित कार्यक्रम गर्ने भएको छ। बैंकले शिक्षित तथा वेरोजगार युवालाई लक्षित गरी प्रदेश-२ मा यस्तो कार्यक्रम गर्न लागेको हो।

बैंकले प्रदेश-१ र ३ मा भने यस्तो कार्यक्रम गरिसकेको जनाएको छ। प्रदेश-२ मा गर्न थालेको कार्यक्रम तेस्रो कार्यक्रम भएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए। फाइनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले यो कार्यक्रम युवावर्गलाई लक्षित गरी सातवटै प्रदेशमा गर्ने अभियानका साथ सुरु गरेको उनको भनाइ छ। 

बैंकले यहि फाल्गुन २१ गतेबाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन लिइरहेको छ। वित्तीय क्षेत्रमा रोजगारी गर्न ईच्छुक युवा वर्गको लागि आह्वान गरिएका आवेदनमध्येबाट छनोट गरी टेक्निकल, व्यावहारिक र प्रयोगात्मक तालिम दिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए। 'आवदेन दिएका युवालाई बैंकिङ विषयगत तयारी कक्षा आगामी चैत्र ७ देखि चैत्र ९ गतेसम्म वीरगंजमा नै संचालन गर्ने तयारी भइरहेको छ' उनले भने।

प्रदेश२ अन्तर्गत स्नातक र स्नातकोत्तर डिग्री भएका कलेजका विद्यार्थी (कुनै प्रकारको काममा आवद्ध नभएका) लाई लक्षित गरी आवेदन आव्हान गरिएको बैंकको प्रदेश- २ का प्रमुख विश्व प्रकाश ज्ञवालीले बताए। ५५ बर्षे बैंकको इतिहासमा युवा वर्गको वृति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत शिक्षित तथा वेरोजगार युवालाई रोजगार उन्मुख कार्यक्रम अन्तर्गत तालिम दिई वृति विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको नायव प्रमुख कार्यकारी अधिकृत अधिकारीको दावी छ। 

बैंकले आह्वान गरेको समयमा निवेदन दिएर मापदण्ड पूरा गरेका ५० जना युवाहरुलाई छनोट गरी तालिममा सहभागी गराई नेपालमै सम्भवतः पहिलो पटक बैंकले निःशुल्क रुपमा युवा लक्षित रोजगारी उन्मुख तालिम दिन थालेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.