|

कञ्चनपुर : जनप्रतिनिधिको सहभागीता बिनै एकतर्फि रुपमा तयार गरिएको 'स्ट्रिप नक्सा' माथि ऐतिहासिक दस्तावेज र अन्तरार्ष्ट्रिय ऐन कानुनको परिधिभित्र रही पुनरावलोकन गर्न माग गरिएको छ।

आइतबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद, प्रदेश सभा सदस्य, स्थानिय तहका जनप्रतिनिधि सम्मिलित टोलीले सीमा निर्धारण तथा व्यवस्थापन समिति एवं कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडामार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाएको माग पत्रमा स्ट्रिप नक्सा तयारीमा खटिएको तत्कालीन मधुकर मास्के सहितको टोली माथि छानविन गरी हदैसम्मको कार्वाही हुनु पर्छ।

माग पत्रमा भनिएको छ, ‘सुगौली सन्धी पश्चात स्थापना गरिएका सीमा आधार स्तम्भ (जंगे पिलर) लाई अन्तरार्ष्ट्रिय सीमा रेखाङ्कनको आधार बनाई, नियतवश सारिएका, गायब पारिएका सीमा स्तम्भहरुलाई वैज्ञानिक तथ्यका आधारमा पुरानै ठाउको खोजी गरी पुनःस्थापन गरिनु पर्छ।’ महाकाली सन्धिताका भएका जग्गा सट्टा भर्ना सम्बन्धि जग्गाको यर्थाथ विवरण सार्वजनिक गरिनुपर्ने माग राखिएको छ। 

ऐतिहासिक कालदेखि भोगचलनमा रहेको अतिक्रमित जग्गा फिर्ता गरिनुका साथै सीमा रेखाङ्ककनबाट प्रभावित हुने जनताको आवश्यक व्यवस्थापन गरिनु पर्ने, सीमा क्षेत्रमा हुने अतिक्रमण र ज्यादतीका विरुद्धको संघर्षमा गोविन्द गौतमले साहदत प्राप्त गरेको कुरा स्मरण गराउदै कञ्चनपुरको सीमा क्षेत्रमा हुने हरेक समस्याबाट जनताको शुरक्षाका लागि प्रत्येक दुई किलो मिटरको दुरीमा सुरक्षा बलको व्यवस्था गर्न माग गरिएको छ।  

नेपाल भारत सीमा स्तम्भ मर्मत तथा पुनःस्थापना कार्यको सिलसिलमा नेपाल भारत सीमा सर्भे टोलीले सीमा रेखाङ्ककन गर्ने क्रममा कञ्चनपुर लगायत समग्र नेपालको भौगोलिक सीमा निर्धारण गर्दा सुगौली सन्धी पश्चात भएका द्विदेशीय र त्रिदेशीय सहमती, ऐतिहासिक दस्तावेज र दस्तावेजको आधारमा दशगजा निर्धारण गर्न स्थापित मुख्य सीमा स्तम्भ (जंगे पिलर) लाई आधार बनाएर स्ट्रिप नक्सा बनाउनु पर्नेमा सो नगरी ऐतिहासिक कालदेखी नेपाली भू माग कायम भएको हजारौं हेक्टर जग्गा, लामो समय देखि बनि सकेको महाकाली सिचाईको नहर, हुलाकी सडक समेत केही स्थानमा भारत तिर पर्ने गरी एकतर्फी रुपमा स्ट्रिप  नक्सा बनाइएको पाईएको छ।  

मुलुकमा आन्तरिक द्धन्दका कारण सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति नरहेको अबस्थमा नेपाली सरोकार बालाहरु संग कुनै सम्बन्ध नराखी नेपालको तर्फबाट खटिएको तत्कालीन नापि अधिकृत मधुकर मास्के नेतृत्वको तोली सुरक्षाको कारण  देखाउदै भारतीय पक्षको टोली संग उतै बसेर माथि उल्लेखित ऐतिहासिक दस्तावेज तथा मुख्य सीमा स्तम्भ लाई समेत बेवास्ता गरेका छन्‌। 

पत्रमा भनिएको छ,, ‘अधिकृत मास्के माथि हदैसम्मको कार्वाही हुनु पर्छ।’ भारत तिर रहेका सीमा पिलर (जंगे पिलर) लाई सन्दर्भ पिलर र नेपाल तर्फको सन्दर्भ पिलरलाई सीमा पिलर मानेर हाम्रो लालपूर्जा भएका जग्गा जुन ठाउमा कहिले सीमा विवाद नरहेको स्थान समेत भारततिर पर्ने गरी भारतीय पक्षलाई मात्र फाईदा पुग्ने गरी एकतर्फी रुपमा स्ट्रिप नक्सा तयार गरिएको पाईएको बताइएको छ। हाल कार्यान्वयन गर्न खोजीएको स्ट्रिप नक्सा कञ्चनपुर बासीलाई अमान्य रहेको प्रधानमन्त्रीलाई पठाईएको माग पत्रमा उल्लेख गरिएको छ।  हाललाई कञ्चनपुर जिल्ला भित्र सीमा रेखाङ्ककन गर्ने कार्य बन्द गर्न माग गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्‌को कार्यालयमा पठाइएको मागपत्र :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.