|

काठमाडौं : गायक तथा संगीतकार क्षितिज सापकोटा ‘सिरुपाते कम्मर’ गीत सार्वजनिक भएको छ। गीतमा संगीत र शब्द स्वयम्‌ सापकोटाको रहेको छ। युट्युबमार्फत सार्वजनिक गीतमा सापकोटालाई मेलिना राईले स्वरमा साथ दिएकी हुन्।

लोक शैलीमा तयार भएको गीतमा संगीत संयोजन बीबी अनुरागीको रहेको छ। एक युवती फकाउन एक युवकले गरेको प्रयासलाई सापकोटाले मौलिक शब्दमार्फत प्रतिकात्मक ढंगबाट गीतमा प्रस्तुत गरेका छन्‌। गीतको निर्देशन भने शिव विकले गरेका हुन्।

उक्त गीतमा अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ। यसअघि सापकोटाको 'किराना पसल–१', 'यो दसैं र तिहारैमा', 'नसोध कोही', 'माखे साङ्लो' लगायतका आधा दर्जन भन्दा धेरै गीत सार्वजनिक भइसकेका छन्।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.