दैलेख : दैलेखका विभिन्न भू–भागहरुमा दुर्लभ प्रजातिका गिद्ध देखिन थालेका छन्। मध्य पहाडमा बासस्थान हुने सुनगिद्धका साथै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका हुन्।
गिद्धले ३०० किलोमिटरसम्म आकाशीय दूरीसम्म उडान भर्न सक्छ। नेपाल पन्छी संरक्षण संघको अध्ययानअनुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका रूखमा गुँड बनाउने गर्दछ।
दैलेखमा सिमल र सल्लाका रुखहरु प्रसस्त मात्रामा पाइने भएकाले वासस्थानको रुपमा गिद्ध बस्ने गरेको पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।