काठमाडौं : नेपाली सेनाले पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट हुन सक्ने संक्रमितको उपचारका लागि पूर्वतयारी थालेको छ। सेनाले कोरोना संक्रमणको उपचारका लागि भद्रकालीस्थित फुटबल मैदानमा अस्थायी ४८ वटा अस्थायी टेन्ट बनाएको हो। अस्थायी टेन्टभित्र नमुना क्वारेन्टाइन बनाइन लागेको नेपाली सेनाले जनाएको छ।
यस अस्थायी टेन्टमा सोमबारदेखि तालिम सुरु हुनेछ। तालिममा नेपाली सेनाकै ५० स्वास्थ्यकर्मीहरू सहभागी हुने बताइएको छ।
टेन्टमा संक्रमित सैनिक तथा आवश्यक परेमा सर्वसाधारणलाई समेत राखिनेछ। सरकारबाट कोरानाको उच्च सतर्कता र तयारी गर्न निर्देशन भएअनुरुप नेपाली सेनाले सर्वसाधारणलाई समेत क्वारेनटाईनमा राखेर उपचार गर्ने गरी तयारी थालेको बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।