|

काठमाडौं : क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आयोजना गर्ने अवार्ड कार्यक्रम स्थगित गरिएको छ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजगर गर्दै सिप्यान क्रिकेट अवार्ड अनिश्चितकालका लागि स्थगित गरिएको क्रिकेट खेलाडी संघले जनाएको छ।

सिप्यानले यो अवार्डलाई अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको विज्ञेप्तिमार्फत जनाएको छ। सिप्यानले यही चैत २१ गते क्रिकेट अवार्ड २०२० आयोजना गर्ने तय गरेको थियो। वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई यो अवार्डबाट सम्मान गरिँदै आएको छ।

यो कार्यक्रम अनुकूल परिस्थिति सिर्जना हुनेबित्तिकै सञ्चालन हुने पनि संघका अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.