|
फाइल फोटो

मकवानपुर : बागमती प्रदेश सरकारले बिहीबार रातीदेखी जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज विहान बागमती प्रदेश सरकारको

मन्त्रीपरिषद्को आकस्मिक बैठक बसी कोरोना भाइरसको त्रासका कारण संघीय सरकारले जारी गरेको २५ जना भन्दा बढि भेला हुन नपाउने निर्देशनअनुसार प्रदेश सभाको बैठक आज राती १२ बजेबाट नगर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ।   

प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रीपरिषद्ले बैठकले प्रदेश प्रमुखलाई सिफारिस गर्ने गरेको छ। आज बिहीबार बाग्मती प्रदेशको मन्त्रीपरिषद्को बैठकले अधिवेशन राती १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको हो। 

सभा सञ्चालन गर्दा कोरोना भाइसरको संक्रमण हुने जोखिम बढी भएपछि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए। कोरोनाको संक्रमणबाट बच्न प्रदेश सभाको बैठक अन्त्य गर्न सांसदहरुले माग गर्दै आएका थिए।

संघीय सरकारले बुधबार जमघटदेखि विद्यालय सञ्चालनमा समेत रोक लगाएको थियो। आज हुने प्रदेश सभाको बैठक भने नरोकिने भएको छ। प्रदेश सरकारको काम-कारबाहीमा आवश्यक पर्ने केही महत्वपूर्ण विधेयकहरु आज पारित गर्नेगरी ११ बजे बैठक बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.