पर्साबाट दुई व्यापारी पक्राउ

|

पर्सा : नेपालबाट अवैध ढंगले भारतर्फ लैजाँदै गरेको ६ बोरा मास्कसहित दुईजना पक्राउ परेका छन्। उनीहरूलाई पर्सा प्रहरीले जिल्लाको पोखरियाबाट ६ बोरा मास्कसहित पक्राउ गरेको हो।

कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएर मास्‍कको अभाव भइरहेको समयमा उनीहरुले गलत ढंगले मास्‍क भारत लान थालेको समयमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। अभियुक्तले काठमाडौंबाट रात्रि बसमा ल्याउँदै गरेको समयमा बसमा नै छड्के चेकजाँच गरी नियन्त्रणमा लिएको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

प्रहरी नियन्त्रणमा परेका दुवै अभियुक्त पर्साकै छिपहरमाई गाउँपालिका-५ बस्ने ३८ वर्षीय सुनिल जयसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्। उनीहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइरहेको प्रहरी उपरीक्षक पन्तले बताइन्। 

विश्वमा नै महामारीको प्रकोप फैलिएको समयमा कालोबजारी गर्ने र अवैध क्रियाकलाप गर्नेलाई निगरानी राखिराखेको समयमा काठमाडौंबाट अवैध ढंगले ६ बोरा मास्‍क ल्याउँदै गरेको समयमा कारोबारीलाई पर्साको पोखरियाबाट पक्रन सफल भएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.