|

रौतहट : नेपाल भारत सिमा क्षेत्र रौतहटको गौर नाकामा कोरोना भाइरस चेक गराएर मात्रै प्रवेश गर्न दिइएको छ। भारतबाट नेपाल प्रवेश गरेका हरेक नागरिकलाइ गौर भन्सार कार्यालयनजिक राखिएको हेल्प डेस्‍कमा थर्मोगनमार्फत तापक्रम परीक्षण गराएर मात्रै नेपाल प्रवेश गर्न लगाइएको हो।

गौर नगरपालिकाको सहयोगमा गत फागुन २४ गते देखि गौरमा हेल्प डेस्‍क स्थापना गरिएको थियो। यसैगरी इशनाथ नगरपालिकाको सिमा क्षेत्रमा पनि हिजो बुधबारदेखि हेल्प डेस्‍क स्थापना गरिएको छ।

विद्यालय बन्द

यता, कोरोना भाइरसको त्रास फैलिएसँगै भारतकारोना भाइरसको त्रास बढेसँगै रौतहटका सम्पूर्ण विद्यालयहरु आजैदेखि बन्द भएका छन्। सरकारले एसइई परीक्षा स्थगित गरेपछि रौतहटका सामुदायिक तथा निजी विद्यालयहरु पनि बिहीबारबाटै बन्द गर्ने निर्णय भएको हो।

निजी विद्यालयहरुको संगठन प्‍यावसनले विज्ञप्ति जारी गदै अर्को सूचना ननिकाले सम्मको लागी रौतहट जिल्ला भरीका सम्पूर्ण निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। भाइरसको बढदो त्राससँगै जिल्ला भरीका निजी बिद्यालय बन्द गर्ने निर्णय गरेको प्‍यावसनका रौतहट उपाध्यक्ष गौतम श्रेष्ठले जानकारी दिएका छन्।

यसैगरी रौतहटका १८ वटै स्थानिय तहले सामुदायिक विद्यालय आजैबाट बन्द गर्ने निर्णय गरेका छन।

यता, रौतहट फुटबल संघले पनि अर्को सूचना नआउन्जेल सम्मको लागि सम्पूर्ण खेलका तालिमहरु स्थगित गरेको छ। संघका रौतहट अध्यक्ष भगवान दर्लामीले विज्ञप्ति जारी गरी फुटबल खेलको सम्पूर्ण गतिविधि बन्द गरेको जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.