|

धादिङ : सिद्धलेक गाउँपालिकाको नलाङ आप्रिछाप ऐंसेलुगैरामा दुई दिनमा ३ जनाको रहस्यमय मृत्यु भएको छ। दुई दिनको अन्तरालमा मृत्यु भएका तीनै जनाको शव पोस्टमार्टमपछि शुक्रवार धादिङबेंसी पुछारबजारस्थित थोपल खोलामा दाहसंस्कार गरिएको छ। बुधबार राति १२ बजेतिर ऐंसेलुगैराकी ७२ वर्षीया लालबहादुर नेपाली र ३५ वर्षीया सुन्तली नेपालीे आआफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। शुक्रबार बिहान सोही ठाउँकी ६३ वर्षीया यमकुमारी अर्याल पनि मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार तीनै जनाको मृत्यु कुनै महामारीका कारण भने भएको होइन। बुधबार राति मृत्यु भएका २ जनाको घरेलु मदिरा सेवनका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। 
दुवैजनाले एकै स्थानबाट लगिएको रक्सी सेवन गरेर सुतेकाले सोही रक्सीको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यस्तै शुक्रवार विहान मृत भेटिएकी यम कुमारी अर्याल लामो समयदेखि दम र प्रेसरको बिरामी भएकाले नियमित औषधि खाइरहेको परिवारले जनाएको छ। पछिल्लो एक महिना  देखिऔषधि खान छाडेकाले सोही कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। 

एउटै गाउँमा दुई दिनको फरकमा तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले उक्त क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी कुनै महामारीजन्य समस्या भए÷नभएबारे खोजी गरेको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.