स्वास्थ्य परीक्षणपछि मात्र प्रवेश, बजार अनुमगत तीव्र

|

विदुर आचार्य

सिन्धुपाल्चोकः १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणबाट बच्न र सम्भावित जोखिम आँकलन गरी विशेष तयारी गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपछि निर्मित सामुदायिक भवनलाई आईसोलेसनको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। 

विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना वाट वच्न स्वास्थ्य कार्यालयले जिल्लाको सात ठाउँमा आईसोलेसन वार्ड बनाउने तयारी गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए। 

प्राथमिक स्वास्थ्य केन्द्र रहेको मेलम्ची, वाह्रविसे, जलविरे लगायतका स्थान सहित भूकम्पपछि निर्माण गरिएको सामुदायिक भवन पाँचपोखरी थाङ्पाल गाँउपालिकाको तीपेनी, त्रिपुरा सुन्दरी गाँउपालिकाको तौथली र चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरमा आईसोलेसन राख्ने तयारी रहेको अधिकृत चापागाईंले जानकारी दिए। 

भूकम्पपछि जिल्ला अस्पतालको निर्माण नभएकोले चौतारा साँगाचोकगढी ७ मेलचौरको सामुदायिक भवनवाट सेवा प्रदान गर्ने तयारी गरिएको नगर प्रमुख अमासिं तामाङले बताए। 

‘नगर विपद् व्यवस्थापन समितिको वैठकबाट स्थानीय स्तरमा नै माक्स उत्पादन गर्ने र स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम अगाडि बढाउने निर्णय गरेका छ’ उनले भने। 

सामुदायिक भवनको अवस्था अध्ययन गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। ‘अहिले विश्वभरको कोरोना भाइरसको संक्रमण फैलिएको छ। त्यसबाट हामी आफै सचेत भएको खण्डमा जोगिन्छौँ’ उनले भने, ‘बाहिर नकारात्मक धेरै हल्ला भइरहेका छन्। हल्लाको पछि नलाअगौँ। सचेतच बनौँ।’

बजार अनुगमन तीव्र

कोरोनाको प्रकोपको कारणले बजारमा कृतिम अभाव सिर्जना गराइ कालोबजारी गर्ने बढेपछि बजार अनुगमन तिव्र पारेका छ। बजारमा दैनीक उपभोग्य सामाग्रीको आपुर्ति सहज र नियमित वनाउन जिल्ला प्रशासन, प्रहरी  कार्यालय र स्थानीय सरकारले वजार अनुगमन तीव्र पारेका छ। 

पेट्रोलियम पदार्थ कालोबजारी गरेको आरोपमा शुक्रवार जिल्ला प्रहरी कार्यालयले चौतारामा दुई जनालाई पक्राउ गरी कार्वाही अगाडी वढाएको जनाएको छ। किराना पसल सञ्चालन गरी वस्ने ज्ञानीमाया दुलाल र हरीवहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी वढाएको हो। 

त्यस्तै, मेलम्ची नगरपालिका, वजार अनुगमन समितिले वजार अनुगमन गरी दैनिक उपभोग्य सामाग्रीको लगत संकलन गरेको छ। दर्ता नगरिएको र नियम अनुसार नचलाईएका चार पसल नगरपालिकाले वन्द गराएको छ। स्वास्थ्य समस्या तथा महामारी फैलिएमा स्वास्थ्य सेवा प्रदायक संस्थाले के कति सेवा प्रवाह गर्न सक्छ? भन्ने लगत समेत संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख भोजराज खनाले जानकारी  गराए। 

परीक्षणपछि मात्र प्रवेश

हेलम्बु र इन्द्रावती गाउँपालिकाले बाहिरबाट आउने व्यक्तिहरुको स्वास्थय परिक्षणपछि मात्रै प्रवेश गराउने निर्णय गरेको छ। गाँउपालिकाको गाँउ क्षेत्र प्रवेश गर्नै सबैलाई तापक्रम मापन गर्ने, सावुन पानीले हात धुन लगाई कोरोना भाईरसबारे स्वास्थ्य सचेतना सन्देश दिई स्वागत गर्ने गरेको हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले जानकारी दिए। 

हेलम्वु  प्रवेश गर्ने आम नागरिकको हकमा पनि तापक्रम मापन र स्वास्थ्य सचेतना अनिवार्य गरिएको उनको भनाई छ। 

बलेफीमा ‘वास सेन्टर’, जुगलमा पाहुना प्रतिबन्ध

वलेफी गाँउपालिकामा वास सेन्टरमा सावुन पानीले हात धोएपछि मात्र सेवा प्रदान गर्ने गरिएको पालिका अध्यक्ष केदार क्षेत्रीले जनाए। कोरोना भाईरस वाट बच्न पालिका भर सन्देश प्रवाह गरी उच्च स्वास्थ्य सतर्कता अपनाईएको उनको भनाई छ। 

जुगल गाँउपालिकामा शुक्रवार वसेको वैठकले विपद् व्यवस्थापनमा धेरै निर्माण गरेको छ। कोरोना भाइरसवाट सुरक्षित रहन पाहुना लाग्न रोक लगाएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जनाए।

‘सुरक्षित रहन पुर्वतयारी अन्तर्गत पाहुना जान आउन रोक लगाएका छौँ’ उनले भने, ‘पाहुना आउदा जादा आवतजावत गर्दा मानिको चहलपहल हुने भएकाले प्रतिबन्ध नै लगाएका छौँ।’ 

विपद् व्यवस्थापन समितिको वैठकले कुनैपनि धार्मिक, साूँकृतिक कार्यक्रम तथा कुनैपनि कार्यक्रममा रोक लगाइसकेको छ। सम्भावित जोखिम कम गर्न पाहुना नजाऔ, नवोलाऔ नीति अवलम्वन गरिएको उनको भनाई छ। कोही विरामी फेला परेमा निशुल्क एम्वुलेन्स सेवा प्रवाह गर्ने त्यसको अपुग भए आफुले प्रयोग गर्दै आएको गाडीबाट सेवा दिने समेत जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.