|
फाइल फोटो

काठमाडौं : नेपाल सरकारले हालै लागू गरेको नियम उल्लघंन गर्दै दुई विदेशी विमानबाट ६१ नेपाली त्रिभुवन विमानस्थल आइपुगेका छन्। एयर इन्डिया र थाई एयरवेजबाट आएका ६१ जनालाई नै भक्तपुरको क्वारेन्टाइनमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको अध्यागमन विभागले जनाएको छ।

विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यले थाहा खबरलाई दिएको जानकारीअनुसार थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए। आचार्यका अनुसार उनीहरू जापान, मलेसिया,दुवै र कतार लगायतका देशका नेपाली अन्यत्र ट्रान्जिट बनाएर आएका हुन्। 

शुक्रबार मात्र २६ नागरिक विमानस्थल हुँदै नेपाल भित्रिएका थिए। आचार्यले शुक्रबार र शनिबार गरेर १३४ भारतीय नागरिक नेपाल भित्रिएको बताए।  

एयर इण्डियाको विमान बिहान करिब नौ बजे र थाई एयरवेजको विमान करिब १२ :३५ मा त्रिभुवन विमानस्‍थलमा ल्‍याण्ड भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.