खेलकुद

रियल मड्रिडका पूर्व अध्यक्षको कोरोनाका कारण निधन

चैत ९, २०७६

    काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण निधन भएको छ। 

    कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका रियल मड्रिडका पूर्व अध्यक्ष ७६ वर्षका सान्जको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

    उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए । सो अवधिमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।

    सान्जको निधनबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गरेर जानकारी दिएका हुन्। सन् २००० मा उनी अध्यक्षका लागि भएको चुनावमा फ्लोरेन्टिनो पेरेजसँग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]