|

काठमाडौं : लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा 'कोरोना भाइरस' बोलको गीत सार्वजनिक भएको छ। 

पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयम् खातीको संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामुलक गीत हो। विश्वभरी १३ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के-कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ। 

दीपाश्री निरौला, पत्रकार ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई (फुलन्देकी आमा ) राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ। 

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.