|
फाइल तस्बिर

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ। 

काठमाडौंबाट बाहिरिने यात्रुसँग अधिकतम् भाडा उठाएको गुनासो आएपछि मन्त्री भट्टराईको आग्रहमा बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको हो।

काठमाडौंबाट बाहिरिने यात्रुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिबार वायुसेवा सञ्चालकहरुलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न अनुरोध गरेका थिए।

मन्त्रीको आग्रहलगत्तै बुद्ध एयरले आइतबार सूचना प्रकाशन गरेर आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको जानकारी दिएको छ। सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरिसकेको छ। 

अब यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्ध एयर व्यवस्थापनले जनाएको छ। शनिबार श्री एयरलाइन्सले पनि भाडाको सीमा घटाएको थियो।

वायुसेवा सञ्चालकहरुलाई शनिबार मन्त्रालयमा बोलाएर भट्टाईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाब’ का हवाई भाडा हटाई त्यसभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरसमेत यथावत कायम गर्ने अनुरोध गरेका थिए। 

हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायित्वको बारेमा पनि सञ्चालकहरुलाई सम्झाएका थिए।

मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाए। मन्त्रीको अनुरोधलाई वायुसेवा सकारात्मक रुपमा लिएर सञ्चालकहरुले भाडा दर घटाएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.