|

बाँके :  साविक मध्यपश्चिम क्षेत्रमा चामल अभाव नहुने भन्दै ढुक्क भएर बस्न नेपाल खाद्य संस्थान, नेपालगन्ज कार्यालयले स्पष्ट पारेको छ।

संस्थानको नेपालगन्ज कार्यालयमा प्रशस्त चामल मौज्दात रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको संस्थानका नेपालगन्ज प्रमुख भरत खनियाले बताए। उनले अहिले पनि संस्थानको नेपालगन्ज कार्यालयमा ३० हजार क्विन्टल चामल मौज्दात रहेको जानकारी दिए। उनले कोरोना संक्रमणका कारण लामो समयसम्म लकडाउनको अवस्था रहे पनि साविक मध्यपश्चिम क्षेत्रमा खाद्यन्न समस्या नहुने स्पष्ट पारे।

'गोदाममा ३० हजार क्विन्टल मौज्दात छ' खनियाले भने, 'दश हजार क्विन्टल चामल मिलबाट ल्याउने तरखर छ।’उनले बैशाखदेखि धान खरिद गरिने बताए।उनले  पहिले पनि यस क्षेत्रमा चामलको समस्या नभएको बताए। उनले मिलबाट आउने र खरिद गरी ३० हजार क्विन्टल चामल आउने अवस्थामा रहेको बताए।

'कोरोनाका कारणले चामल पाउँदैन कि भनेर आत्ति हाल्नुपर्ने अवस्था छैन,’ खनियाले भने। अत्यावश्यक परेको अवस्थामा नेपालगन्जले फुटकर चामल पनि बिक्री गर्न सक्ने भएकोले उपभोक्तालाई नआत्तिन उनले आग्रह गरेका छन्।

नेपालगन्जबाट अहिले कर्णाली प्रदेशका जिल्लासहित दाङ, रोल्पा, रूकुममा चामल पठाउँदै आएको छ। यहाँबाट ३० हजार पाँचसय क्विन्टल चामल बाहिर पठाउनुपर्नेमा अहिलेसम्म १७ हजार क्विन्टल चामल मात्र बाहिर गएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.