५० बेडको क्‍वारेन्टाइन आइतबार साँझसम्म तयार हुँदै

|

पर्सा : कोरोना भाइरसको कारण भारत सरकारले ‘जनता कफ्यू’ लगाएकै दिन वीरगन्ज नाकाभएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीयलाई फर्काइएको छ । छोटी भन्सार नाकाहरु भने आइतबारबाट बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले बताए । भारतको पन्जाबलगायत ठाउँबाट उनीहरु नेपाल प्रवेश गर्न लागेका थिए । 

शंकाको भरमा उनीहरुलाई फर्काइएको वीरगन्ज भन्सार नाकामा खटिएका सशस्त्र प्रहरी भन्सार गस्तीका गुल्मपति अमर खत्रीले बताए । उत्तर प्रदेशबाट २ वटा ट्रकमा एकाबिहानै आएका दुई जना चालकलाई सुरुमा फर्काइएको वीरगन्ज नाका हेल्थ डेस्क इन्चार्ज शैनुला हवारीले बताए । उनीहरूलाई ज्वरो नआए पनि फर्काइउको फर्काइएको हवारीले बताए । 

६ जना फर्काइए, १२ सय भारतीय प्रवेश 

शंकास्पद ६ जनालाई फर्काइए पनि यसै नाका भएर एकै दिन १ हजार २ सय भारतीय शनिबार नेपाल प्रवेश गरेका छन् । आइतबार मात्र नेपाली सेना, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीको मद्दतले नाकामा चेक जाँच गर्न थालिएको छ । 

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री अभाव 

हेल्थ डेस्कका स्वास्थकर्मीहरुले पुराना मास्क र पोसाक लगाएर  काम गरिरहेका छन् । त्यहाँ खटिने कर्मचारीका लागि वीरगन्ज महानगरले आवश्यक व्यवस्था मिलाउ सरोकारवालासहितको संयुक्त बैठक नै गरेको थियो । तर हालसम्म आफूहरुले ‘पिपिई ड्रेस’ र मास्क नपाइएको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । 

५० बेडको क्वारेन्टाइन आइतबार साँझसम्म तयार हुँदै 

नेपाली सेना र नेपाल प्रहरीले वीरगन्ज नाकाको उत्तरतर्फको आयुर्वेद मेडिकल तथा टिचिङ हस्पिटल रहेको भवनमा ५० बेडको क्वारेन्टाइन तयारी गरिरहेको छ ।आइतबार साँझसम्म सञ्चालनमा आउन सक्ने गरी द्रुत गतिमा तयारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । यसको अलावा कोभिड–१९ लाई बल पुग्ने गरी जिल्लाभित्रका हुने हरेक गतिविधि नियन्त्रण गर्ने प्रयास थालिएको छ । 

त्यसै अभियानअन्तर्गत कोरोनाको महामारीका समयमा पनि वीरगन्जको मुख्य सडकछेउमा खुला मासु बिक्री वितरण गर्नेलाई आइतबारबाट कडाइ गरिएको पनि जिल्ला प्रशासन कार्यालय पर्साले  जनाएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.